सानिमा बैंकको डबल धमाका मुद्दती खाता सार्वजनिक
मेरोन्यूज
२०७९ वैशाख ६ गते १८:४६

काठमाडौँ । सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।
सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको हो । यस मुद्दतीमा ग्राहकहरूले न्यूनतम पाँच लाख रुपैयाँको मुद्दती खोल्न सक्ने छन् ।
ग्राहकहरूले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्ने छन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिने छ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयले व्यहोनु पर्ने छ ।
व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्ने छन् । ग्राहकले दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने छन् । यस योजनाअन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सक्ने छन् ।
सम्बन्धित













कोठामा निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस
Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
युक्रेनी ड्रोन आक्रमणबाट रुसमा २४ जनाको मृत्यु
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया