सानिमा बैंकको डबल धमाका मुद्दती खाता सार्वजनिक
मेरोन्यूज
२०७९ वैशाख ६ गते १८:४६

काठमाडौँ । सानिमा बैंकले नयाँ वर्ष २०७९ को उपलक्ष्यमा आफ्ना ग्राहकलाई सानिमा डबल धमाका मुद्दती खाता सार्वजनिक गरेको छ ।
सानिमा डबल धमाका मुद्दती खाता व्यक्तिगत ग्राहकलाई लक्षित गरी ल्याइएको हो । यस मुद्दतीमा ग्राहकहरूले न्यूनतम पाँच लाख रुपैयाँको मुद्दती खोल्न सक्ने छन् ।
ग्राहकहरूले यो योजनामा उक्त रकम साढे ६ वर्षमा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सक्ने छन् । मुद्दती निक्षेप रकम परिपक्वता पश्चात् दोब्बर भई भुक्तानी गरिने छ । प्रतिफलमा लाग्ने कर रकम ग्राहकहरू स्वयले व्यहोनु पर्ने छ ।
व्यवहारिक कार्यका लागि रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन सक्ने छन् । ग्राहकले दुई लाखसम्मको निःशुल्क क्रेडिट कार्डको लागि आवेदन दिन सक्ने छन् । यस योजनाअन्तर्गत एकभन्दा बढी मुद्दती खाताहरू समेत खोल्न सक्ने छन् ।
सम्बन्धित

















गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
प्रतिक्रिया