कतारमा २१ जना नेपालीले पाए क्षमादान
मेरोन्यूज
२०७९ वैशाख ६ गते १८:५३
काठमाडौँ । कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीलाई क्षमादान दिएका हुन् ।
कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेमा तीन जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन् । त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, दुई जना मादक पदार्थ बिक्री वितरण गरेका र पाँच जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन् ।
क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।
सम्बन्धित

















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया