भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने बालबालिकालाई आज अन्तिम दिन

काठमाडौं । आज पनि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । सरकारले हिजोबाट बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सुरु गरेको थियो । आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अन्तिम दिन हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका ६ देखि ५९ महिना उमेर सम्मका बालबालिकालाई भिटामिन ‘ए’ र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउदै छ ।
यो उमेर समूहका बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगि नछुटाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
राष्ट्रिय भिटामिन ए कार्यक्रम तथा जुकाको औषधि खुवाउने कार्यक्रम अन्तर्गत दुई दिनमा झण्डै २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २३ लाख ९३ हजार बढी बालबालिकालाई जुकाको औषधि खुवाइने मन्त्रालयले जनाएको छ ।
सबै वडामा केन्द्र तोकेर तथा स्वास्थ्य स्वयंसेवीकाले घरदैलो कार्यक्रम गरी ‘भिटामिन ए’ र ‘जुकाको औषधि’ खुवाउने कार्यक्रम रहेको छ ।













कुलमान, रवि र बालेन एउटै दल भएर चुनाव लड्ने सहमति
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
नेपाली कम्युनिष्ट पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच एकता
९ दलले बुझाए समानुपातिकको सूची
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
उज्यालो नेपालको निर्णय- विलय हुनेगरी कतै नजाने
प्रतिक्रिया