माओवादीबाट एमालेमा प्रवेश गरेका मगरकाे नाम मेयर र वडाध्यक्षमा सिफारिस

महोत्तरी । हालै मात्र नेकपा (एमाले)मा प्रवेश गरेका बर्दिबास नगपालिका-७ वडाध्यक्षमा फाल्गुन सुस्लिङ्ग मगर आगामी निर्वाचनमा दुई पदका लागि सिफारिसमा परेका छन् । अघिल्लो निर्वाचनमा उनी नेकपा माओवादी केन्द्रबाट वडाध्यक्ष बनेका थिए ।
तर, चुनावको मुखमा एमालेमा प्रवेश गरेका मगरलाई मेयर र वडाध्यक्षको उम्मेदवारमा सिफारिस गरिएको हो । उनी मेयरको उम्मेदवारका लागि दोस्रो नम्बरमा सिफारिसमा परेका हुन् भने वडाध्यक्षमा एकल उम्मेदवारका रुपमा सिफारिसमा परेका छन् ।
एमाले बर्दिबास नगर कमिटीले उम्मेदवार छनोट समितिको निर्णयअनुसार मेयरको उम्मेदवारमा टेकबहादुर बलाम्पालाई पहिलो र फाल्गुनलाई दोस्रो नम्बरमा सिफारिस गरेको छ । दुबै पूर्वमाओवादी हुन् ।
एमाले बर्दिबास नगर कमिटीका सचिव देवनारायण महतोका अनुसार मेयरको अन्य दाबेदारमा चन्द्रलाल क्यापछाकी, गुन्जबहादुर खड्का, कुमार भण्डारी, सारदादेवी थापा, सन्त परियार, केदारबहादुर बस्नेत र पारद पोखरेल पनि छन् ।
















किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया