सोमबार, फागुन २५, २०८२

लक्ष्मी बैंकको दुई नयाँ एक्स्टेन्सन काउण्टर सञ्चालन

मेरोन्यूज २०७९ वैशाख ८ गते १६:४८

काठमाडौँ । लक्ष्मी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएकोे छ । महोत्तरी जिल्ला अदालत र सिराहा जिल्ला अदालतमा एक्स्टेन्सन स्थापना भएको हो ।

Advertisement
nepal life insurencenepal life insurence

यी एक्स्टेन्सन काउन्टरहरूको शुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४२ पुगेको छ । यस्तै, १७६ एटिएम, २५ सयभन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्टहरू पुगेको छ ।

यसका साथ लक्ष्मी बैंकले आफ्नो सेवा अझ सुदृढ तथा व्यापक बनाउने विश्वास राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पूरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरूमा सक्रिय रुपमा सेवा विस्तार गर्दै आएको छ ।

प्रतिक्रिया