निर्वाचन सुरक्षाका लागि खटियो नेपाली सेना

काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सरकारले सेना खटाउन स्वीकृती दिएसँगै कञ्चनपुरमा सेना सदरमुकाम महेन्द्रनगरबाहिर खटिन शुरु भएको छ ।
निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउनुका साथै निर्वाचनका बेला हुनसक्ने आपराधिक गतिविधि रोक्न सेना परिचालन शुरु भएको हो । कञ्चनपुरमा बुधबारदेखि यहाँको दोधारा चादँनी नगरपालिका र दक्षिण क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा सैनिक अधिकृतको नेतृत्वमा सेना परिचालन भएको छ ।
यहाँस्थित श्रीदल गुल्मका गुल्मपति सेनानी भीष्म केसीले निर्वाचन सुरक्षाका लागि तोकिएको निर्देशनअनुसार सेना परिचालन सबै पालिकासम्म गरिने जानकारी दिए । यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको संयोजकत्वमा रहेको जिल्ला सुरक्षा समितिले पनि जिल्लाभरको निर्वाचन शान्ति सुरक्षाका लागि आवश्यक सक्रियता बढाइसकेको छ ।
यहाँका सबै सुरक्षा निकायले मतदान केन्द्रको निरीक्षण गरिसकेका छन् । स्थानीय प्रशासनले ६६ वटा मतदानस्थललाई अति संवेदनशील, २६ लाई संवेदनशील र ४० वटा मतदान केन्द्रलाई सामान्यमा राखेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
‘यहाँका सबै पालिकालाई भ्याउने गरी निर्वाचनलाई लक्षित गरी सेनाको गस्ती र उपस्थिति रहन्छ,’ गुल्मपति सेनानी केसीले राससलाई भने, ‘त्यसका लागि स्थानीय प्रशासनसित आवश्यक समन्वयअनुसार सेना निर्वाचन सुरक्षामा खटिन्छ ।’
जिल्ला प्रहरी कार्यालय कञ्चनपुर प्रमुख प्रहरी निरीक्षक श्यामसिंह चौधरीले मतदाता, मतदान केन्द्र, मतपेटिकालगायत निर्वाचनको सबै क्षेत्र र तहको सुरक्षाका लागि नेपाल प्रहरी तयारी हालतमा रहेको बताए ।
‘सम्भवतः शुक्रबारदेखि जिल्लाभर म्यादी प्रहरीसमेत परिचालन हुन्छ,’ उनले भने, ‘निर्वाचन सुरक्षाका लागि अन्य सुरक्षा निकायसित पनि समन्य गरेर शान्ति सुरक्षामा विशेष ध्यान दिन्छौँ ।
















अर्को समुद्री युद्धपोत समूह इरानतिर अघि बढिरहेको छ :ट्रम्प
Heavy snowfall in Mustang, Humla and Bajura districts
चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने
Mid-Hill Highway obstructed in Baglung due to heavy snowfall
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
प्रतिक्रिया