एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विहीबार थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दियाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखा सञ्चालनमा ल्याएको हो । बैंकको शाखा उद्घाटन कार्यक्रममा विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु। ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा रु। ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी भएको बैंकको दावी छ हो । बैंक पहिलो पटक खुद मुनाफा रु। १ अर्ब कटाउन सफल भएको छ ।
देशका सुगमतथादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशकाविभिन्न स्थानहरुमाशाखा, शाखारहित बैंकिङ्गतथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । थपतीनशाखा संचालनमा आएपछि बैंकको कुलशाखा संख्या १३३पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
प्रतिक्रिया