एकै दिन सेञ्चुरी बैंकका नयाँ ३ शाखाबाट सेवा प्रारम्भ

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले विहीबार थप ३ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले छुट्टछुटै कार्यक्रमहरुकाबीच उक्त शाखाहरुको उद्घाटन गरी सेवा शुभारम्भ गरेका थिए ।
बैंकले एकै दिन कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नं. ४ को महेन्द्रनगर बजारमा महेन्द्रनगर शाखा, कैलालीको लम्की नगरपालिका वडा नं. १ लम्की बजारमा लम्की शाखा र बर्दियाको गुलरिया नगरपालिका वडा नंं. ७ को गुलरिया बजारमा गुलरिया शाखा सञ्चालनमा ल्याएको हो । बैंकको शाखा उद्घाटन कार्यक्रममा विशिष्ट व्यक्तिहरु, उद्यमी व्यवसायीहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख संचालन अधिकृत अनिल रेग्मीलगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।
२०७८ चैत्र मसान्तसम्ममा बैंकले रु। ९२ अर्ब ९६ करोड निक्षेप संकलन रकर्जा रु। ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ । उक्त मुनाफा गत वर्षको सोही अवधिको तुलनामा १८३.५९ प्रतिशतले बढी भएको बैंकको दावी छ हो । बैंक पहिलो पटक खुद मुनाफा रु। १ अर्ब कटाउन सफल भएको छ ।
देशका सुगमतथादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यकासाथ बैंकले देशकाविभिन्न स्थानहरुमाशाखा, शाखारहित बैंकिङ्गतथा एक्सटेन्सन काउण्टरहरु संचालनमाल्याई बैंकिङ्ग सेवाप्रदानगर्दै आएको छ । थपतीनशाखा संचालनमा आएपछि बैंकको कुलशाखा संख्या १३३पुगेको छ भने बैंकले १० एक्सटेन्सन काउण्टर २४शाखारहित बैंकिङ्ग र ११३ वटा एटिएम मार्फत वित्तीय सेवाप्रदानगर्दै आएको छ













एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया