धनगढी कांग्रेसका ९१ जना नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा

धनगढी । पाँच दलीय गठबन्धनले गरेको निर्णय नमान्ने भन्दै नेपाली कांग्रेस धनगढीमा विद्रोह भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का वडा सभापति भक्तबहादुर थापासहित ९१ जना कांग्रेस नेता कार्यकर्ताले राजीनामा दिएका छन् ।
वडा नम्बर १८ को वडाध्यक्ष कांग्रेसले पाउनु पर्ने माग गर्दै उनीहरूले जिल्ला पार्टी कार्यालय पुगेर सामूहिक राजीनामा दिएका हुन् । गठबन्धनमा भएको सहमतिअनुसार २०७४ सालको स्थानीय तह निर्वाचनमा जुन वडामा जसले जितेको थियो, अहिले पनि त्यहीअनुसार उम्मेदवारी दिने भन्ने थियो ।
बलियो संगठनले १८ नम्बर वडामा कांग्रेसको जित सुनिश्चित रहेको तर, भागबण्डा गर्दा माओवादी केन्द्रले पाएपछि सामूहिक राजीनामा दिनु परेको वडा सभापति थापाले बताए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा १८ नम्बर वडाबाट माओवादी केन्द्रले वडाध्यक्ष जितेको थियो । गठबन्धनबीचको सहमतिअनुसार वडाध्यक्ष माओवादीकै भागमा परेको थियो ।
‘हामीले भर्खरै राजीनामा पार्टी कार्यालयमा बुझाएका छौँ, अब के गर्ने भनेर छलफल गर्छौं, स्वतन्त्र रूपमा उम्मेदवारी दिन सकिन्छ कि भन्ने विषयमा छलफल हुन सक्छ,’ सभापति थापाले भने ।
२०७४ सालको निर्वाचनमा धनगढी उपमहानगरमा कांग्रेसका नृप ओडले जितेका थिए ।
















यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
किन पक्राउ परे व्यवसायी शंकर अग्रवाल ?
आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया