खोप तथा औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्छ : राष्ट्रपति

चितवन । राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने बताएकी छन् । नेपाल औषधि उत्पादक संघले भरतपुरको चितवन प्रदर्शनी केन्द्रमा आयोजना गरेको नेपाल फर्मा एक्स्पो २०२२ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले नेपालमा पछिल्लो समय नसर्ने रोगबाट धेरै जनता पीडित बनेको बताइन् ।
‘समग्र मानव स्वास्थ्यका लागि अनुसन्धान, भौतिक पूर्वाधार विकास, खोप तथा औषधी उत्पादनका क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्कता रहेको छ’, उनले भनिन् । नसर्ने रोगको जोखिम बढिरहेकाले औषधि उत्पादनको क्षेत्रमा लगानी बढाउनुपर्ने टड्कारो आवश्यकता भएको उनको भनाइ छ ।
स्वदेशमै उत्पादन हुने औषधिको लागत घटाउन स्वदेशी कच्चा पदार्थलाई नै प्रयोग गरेर कच्चा पदार्थ आयात कम गर्न सकिने उनले बताइन् । देशभित्रै जतिसक्दो धेरै प्रकारका औषधि उत्पादन गर्न सके देशलाई औषधिको क्षेत्रमा पनि आत्मनिर्भर बनाउन सकिने उनले बताइन् । तर, औषधि उत्पादनमा गुणस्तरीयतामा भने ध्यान दिनुपर्ने उनको भनाइ छ ।
सकेसम्म धेरै किसिमका औषधी देशभित्रै उत्पादन गर्न सके संविधानले व्यवस्था गरेको नागरिकको स्वास्थ्य सम्बन्धि मौलिक अधिकार कार्यान्वयन गर्न सहज हुने उनले बताइन् । रोगको उपचार र नियन्त्रणका लागि देशहरुबीच आपसी सहयोग र सद्भाव रहनुपर्ने भन्दै उनले औषधी उत्पादनमा समेत विश्वका देशहरुबीच सहयोग अभिबृद्धि हुनुपर्ने बताइन् ।















सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया