पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा

रसुवा । रसुवाका स्थानीय तहका जनप्रतिनिधिले पदबाट भटाभट राजिनामा दिन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।
उम्मेदवारी दर्ता भोलि आईतबार र पर्सि सोमबारका लागि तोकिएको छ । त्यसैअनुरुप जनप्रतिनिधिहरूले पुनः उम्मेदवारी दिन राजीनामा दिन थालेका हुन् । पाँच वर्षे कार्यकालमा धेरै काम गरेको र अधुरा काम पूरा गर्न पुनः उम्मेदवारी दिन लागेको उनीहरूले बताएका छन् ।
हालसम्म गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामा, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उपाध्यक्ष नवीना तामाङ, वडा नम्बर २ का वडाध्यक्ष दावा नोर्चु तामाङ, वडा नम्बर ५ का वडाध्यक्ष टासी छेवाङ तामाङ, वडा नम्बर ५ का वडा सदस्य बहादुर तामाङ र कार्यपालिका सदस्य छिरिङ ङेरुप घलेले पदबाट राजीनामा दिएका छन् । उनीहरु नेपाली कांग्रेस, नेकपा एमालेबाट पुनः सोही पदका लागि उम्मेदवारी दिने तयारीमा छन् ।
अन्य जनप्रतिनिधिहरूले समेत उम्मेदवारी दर्ता अघि नै राजीनामा दिने तयारी गरिरहेका छन् । स्थानीय तहमा रहेका अधिकांश अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षहरू पुनः उम्मेदवारी दिने तयारीमा छन् । जिल्लामा पाँच गाउँपालिकाअन्तर्गत २७ वडा छन् ।















पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
काठमाडौंसहित धेरै ठाउँमा वर्षा, सबैभन्दा बढी सुर्खेतमा
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया