पुनः उम्मेदवारी दिन जनप्रतिनिधिको भटाभट राजीनामा

रसुवा । रसुवाका स्थानीय तहका जनप्रतिनिधिले पदबाट भटाभट राजिनामा दिन थालेका छन् । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा पुनः उम्मेवारी दिन उनीहरूले पदबाट राजीनामा दिएका हुन् ।
उम्मेदवारी दर्ता भोलि आईतबार र पर्सि सोमबारका लागि तोकिएको छ । त्यसैअनुरुप जनप्रतिनिधिहरूले पुनः उम्मेदवारी दिन राजीनामा दिन थालेका हुन् । पाँच वर्षे कार्यकालमा धेरै काम गरेको र अधुरा काम पूरा गर्न पुनः उम्मेदवारी दिन लागेको उनीहरूले बताएका छन् ।
हालसम्म गोसाईकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पू तामाङ, उत्तरगया गाउँपालिकाका उपाध्यक्ष चमेली गुरुङ, नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामा, आमाछोदिङ्मो गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ, उपाध्यक्ष नवीना तामाङ, वडा नम्बर २ का वडाध्यक्ष दावा नोर्चु तामाङ, वडा नम्बर ५ का वडाध्यक्ष टासी छेवाङ तामाङ, वडा नम्बर ५ का वडा सदस्य बहादुर तामाङ र कार्यपालिका सदस्य छिरिङ ङेरुप घलेले पदबाट राजीनामा दिएका छन् । उनीहरु नेपाली कांग्रेस, नेकपा एमालेबाट पुनः सोही पदका लागि उम्मेदवारी दिने तयारीमा छन् ।
अन्य जनप्रतिनिधिहरूले समेत उम्मेदवारी दर्ता अघि नै राजीनामा दिने तयारी गरिरहेका छन् । स्थानीय तहमा रहेका अधिकांश अध्यक्ष उपाध्यक्ष, वडाध्यक्षहरू पुनः उम्मेदवारी दिने तयारीमा छन् । जिल्लामा पाँच गाउँपालिकाअन्तर्गत २७ वडा छन् ।
















खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
‘मुलुकको समग्र विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ’
अग्रिम भर्ना र शुल्क असुल्ने विद्यालयलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
एक सातामै बढ्यो पेट्रोलियम पदार्थको मूल्य : पेट्रोलकाे मुल्य २ सय नाघ्यो
नेपाल प्रहरीमा ठूलो संख्यामा प्रहरी जवान भर्ना खुल्यो
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
प्रतिक्रिया