भारतमा थप २५ सयमा कोरोना पुष्टि, ३३ जनाको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख १० गते १६:४४

काठमाडौँ । कोरोना भाइरसका कारण भारतमा थप २५ सय संक्रमित भएका छन् । सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ ।
सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५२७ जना कोरोनाबाट संक्रमित भएका हुन ।
संघीय स्वास्थ्य मन्त्रालयले दैनिक संक्रमित र मृतकको संख्या पछिल्ला दिनमा बढ्दै गइरहेको जनाएको छ ।
यसअघि शुक्रबार सार्वजनिक भएको विवरणमा दुई हजार ४५१ जना संक्रमित भएको देखिएको थियो । मृतकको संख्या शनिबारभन्दा बढी ५४ रहेको थियो ।
पछिल्लो एक दिनमा एक हजार ६५६ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ संक्रमितभन्दा संक्रमणमुक्त भएकाको संख्या धेरै रहेकाले सक्रिय संक्रमितको संख्या भने घट्दै गएको छ ।
मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार भारतमा अहिले संक्रमित अवस्थामै रहेकाको संख्या १५ हजार ७९ रहेको छ ।
सम्बन्धित













इन्डोनेसियामा नर्सिङ होममा आगलागी हुँदा १६ जनाको मृत्यु
सुन्तलाखेतीबाट लाखाैं कमाउँदै बन्दीपुरका किसान
अशोक राई नेतृत्वको जसपा फुट्यो, रेणु यादवसहितका नेता उपेन्द्रकाे जसपा नेपालमा फर्किए
सुनजस्तो देखिने वस्तु देखाएर ५ लाख ठगी, चार जना पक्राउ
प्रहरी प्रधान कार्यालयका प्रहरी परिचर मृत फेला
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया