एमालेले मनाङमा उम्मेदवार टुंग्यायाे

मनाङ । नेकपा (एमाले) ले मनाङमा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुंग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुंग्याएको हो ।
एमालेले मनाङ ङिस्याङ गाउँपालिका अध्यक्षमा कान्छा घलेलाई दोहोर्याउने भएकाे छ । उपाध्यक्षमा छिरिङ धावा गुरुङले टिकट पाएका छन् ।
चामे गाउँपालिकामा पनि लोकेन्द्र घले नै अध्यक्षमा दोहोरिने भएका छन् । उपाध्यक्षमा आशकुमारी गुरुङ, नासों गाउँपालिका अध्यक्षमा मनबहादुर गुरुङ र उपाध्यक्षमा अर्विन गुरुङ (स्वतन्त्र) उम्मेदवार बन्ने भएका छन् ।
यसअघि सर्वसम्मत नेतृत्व चयन भएको नार्पाभूमि गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा स्वतन्त्र उम्मेदवार उठाउने एमालेको तयारी छ । मनाङका ४ गाउँपालिकामा २८ वटा वडा छन् । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालले मनाङको चामे र मनाङ ङिस्याङ गाउँपालिकामा चुनाव जितेको थियो ।















सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया