ओलीको जिल्लामा एमालेले टुङ्ग्यायो उम्मेदवार

झापा । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा एमालेले सवै पालिकामा उम्मेदवार टुंग्गो लगाएको छ । झापाको १५ वटै पालिकाका प्रमुख उपप्रमुख पदका उम्मेदवार एमालेले टुङ्गो लगाएको हो ।
तीमध्ये सो पार्टीले दमक , विर्तामोड नगरपालिका र बुद्धशान्ति गाउँपालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार बनाएको छ ।
दमकको प्रमुखमा गीता अधिकारी र उपप्रमुखमा अम्बिका खनाल ,विर्तामोडको प्रमुखमा पवित्रा महतरालाई प्रमुख र नगेन्द्र सङ्ग्रौलालाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय भएको पार्टीका जिल्ला कमिटी सचिव शिव ढुङ्गेलले जानकारी दिए ।
उनका अनुसार बुद्धशान्तिमा अध्यक्ष मीरा भुर्तेल र उपाध्यक्षमा धरणी पोखरेल उम्मेदवार चयन भएका छन् ।
तीनै पालिकामा प्रमुख पदमा उम्मेदवार पाएका महिलाले यसअघि उपप्रमुखमा रहेर जिम्मेवारी बहन गरेका थिए ।
यसैगरी भद्रपुर नगरपालिकको प्रमुखमा असारु राजवंशी, उपप्रमुखमा कौशिला अधिकारी, कनकाई नगरपालिकाका प्रमुख, राजेन्द्र पोखरेल, उपप्रमुख मञ्जु प्रसाईँ, गौरादह नगरपालिका प्रमुखमा छत्रपति सुवेदी, उपप्रमुखमा जलबर्शा राजवंशी, शिवसताक्षी नगरपालिका प्रमुखमा रोशन थ्रोपा, उपप्रमुखमा नरमाया कार्की, अर्जुनधारा नगरपालिका प्रमुखमा बलदेव गम्देन, उपप्रमुखमा खड्गमाया पराजुली र मेचीनगर नगरपालिका प्रमुखमा गोपाल बुढाथोकी र उपप्रमुख मीना उप्रेतीलाई एमालेले उम्मेदवार बनाउन लागेको छ ।
हल्दिबारी गाउँपालिकामा अध्यक्षमा डम्बर डिरी, उपाध्यक्षमा शान्ता गौतम, कचनकवल गाउँपालिकामा नेपाली कांग्रेससँगको गठबन्धमा उपाध्यक्षमा नवराज भट्टराई, कमल गाउँपालिकाको अध्यक्षमा भीम राई उपाध्यक्षमा उषा भण्डारी, गौरीगञ्ज गाउँपालिकाको अध्यक्षमा विजय अग्रवाल उपाध्यक्षमा पुनम न्यौपाने, झापा गाउँपालिकाको अध्यक्षमा गौरीशङ्कर राजवंशी, उपाध्यक्षमा देवीमाया निरौला र बाह्रदशी गाउँपालिकाको अध्यक्षमा देवेन्द्र चौलागाईँ, उपाध्यक्षमा शान्ता न्यौपानेलाई उम्मेदवार बनाएको छ । अधिकांश पालिकाका उम्मेदवारले आजै निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराउने कार्यक्रम छ ।
















निर्वाचनका लागि पाँच हजार बढी सुरक्षाकर्मी परिचालन गरिने
बाँकेमा ६१ मतदानस्थल संवेदनशील
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया