त्रिवि प्राणी शास्त्र र एल्युम्नाई एसोसिएसनबारे गोष्ठी सम्पन्न

काठमाडौँ । प्राणी शास्त्र केन्द्रीय विभाग कीर्तिपुरको स्थापना काल (सन् १९६५)देखि हालसम्मका पूर्व प्राध्यापक तथा विद्यार्थीबीच गोष्ठी सम्पन्न भएको छ । प्राणी शास्त्र केन्द्रीय विभाग एल्युम्नाई एसोसिएसन त्रिभुवन विश्वविद्यालयद्वारा आज राष्ट्रिय प्रकृति संरक्षण कोषमा उक्त गोष्ठी भएको हो ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र जोलोजिकल सोसाइटी अफ लण्डनको सहयोगमा एल्युम्नाईद्वारा प्राणी शास्त्र अध्यापन र अनुसन्धानमा अतुलनीय योगदान पु¥याएका प्रा.डा.जीवन श्रेष्ठ र स्वर्गीय डा. प्रह्लाद योञ्जनलाई सम्मानित गरिएको थियो ।
यस्तै, प्रा. द्विजराज उप्रेती, प्रा.डा. पूर्णनाथ मिश्र, प्रा. तोरणबहादुर कार्की र प्रा.डा. रञ्जना गुप्तालाई सम्मान स्वरूप मानार्थ सदस्यता प्रदान गरिएको थियो । प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा. कुमार सापकोटाले स्वागत मन्तव्यमा भने, ‘नयाँ पुस्ताका निम्ति प्राणी शास्त्र अध्यापन र अनुसन्धानमा यो समारोह प्रेरक र ऊर्जाको स्रोत बन्ने आशा लिएको छु ।’
केन्द्रीय विभागका प्रमुख प्रा. डा. तेजबहादुर थापाले केन्द्रीय विभाग र विभागका एल्युम्नाई सदस्यबीचको सहकार्यले पठनपाठन, अध्ययन अनुसन्धानमा सहयोग गर्नुका साथै त्रिविका गतिविधिमा सहयोग पुग्ने बताए ।
उक्त कार्यक्रममा विभागका पूर्व विद्यार्थीहरू प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्घबहादुर गुरुङ र पूर्व मुख्य सचिव डा. विमल कोइरालाले पनि प्राणी शास्त्रका विभिन्न आयाममाथि प्रकाश पारेका थिए । एल्युम्नाई एसोसिएसनका अध्यक्ष प्रा.डा. आनन्दशोभा ताम्राकारले पुनर्मिलन समारोहले विचार, दृष्टिकोण र सहकार्यसहित क्षमता अभिवृद्घि गर्ने बताए ।
समारोहमा प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा. प्रेमबहादुर बुढाले नेपालमा जीवजन्तुको अन्वेषणको विगत र वर्तमान अवस्था र भविष्यका चुनौती सम्बन्धमा र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. चिरञ्जिवी पोखरेलले बाघ संरक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । समारोहको सञ्चालन प्राणी शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक ईन्द्रप्रसाद सुवेदीले गरेका थिए ।
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया