त्रिवि प्राणी शास्त्र र एल्युम्नाई एसोसिएसनबारे गोष्ठी सम्पन्न

काठमाडौँ । प्राणी शास्त्र केन्द्रीय विभाग कीर्तिपुरको स्थापना काल (सन् १९६५)देखि हालसम्मका पूर्व प्राध्यापक तथा विद्यार्थीबीच गोष्ठी सम्पन्न भएको छ । प्राणी शास्त्र केन्द्रीय विभाग एल्युम्नाई एसोसिएसन त्रिभुवन विश्वविद्यालयद्वारा आज राष्ट्रिय प्रकृति संरक्षण कोषमा उक्त गोष्ठी भएको हो ।
त्रिविका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालको प्रमुख आतिथ्यमा आयोजना भएको कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष र जोलोजिकल सोसाइटी अफ लण्डनको सहयोगमा एल्युम्नाईद्वारा प्राणी शास्त्र अध्यापन र अनुसन्धानमा अतुलनीय योगदान पु¥याएका प्रा.डा.जीवन श्रेष्ठ र स्वर्गीय डा. प्रह्लाद योञ्जनलाई सम्मानित गरिएको थियो ।
यस्तै, प्रा. द्विजराज उप्रेती, प्रा.डा. पूर्णनाथ मिश्र, प्रा. तोरणबहादुर कार्की र प्रा.डा. रञ्जना गुप्तालाई सम्मान स्वरूप मानार्थ सदस्यता प्रदान गरिएको थियो । प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा. कुमार सापकोटाले स्वागत मन्तव्यमा भने, ‘नयाँ पुस्ताका निम्ति प्राणी शास्त्र अध्यापन र अनुसन्धानमा यो समारोह प्रेरक र ऊर्जाको स्रोत बन्ने आशा लिएको छु ।’
केन्द्रीय विभागका प्रमुख प्रा. डा. तेजबहादुर थापाले केन्द्रीय विभाग र विभागका एल्युम्नाई सदस्यबीचको सहकार्यले पठनपाठन, अध्ययन अनुसन्धानमा सहयोग गर्नुका साथै त्रिविका गतिविधिमा सहयोग पुग्ने बताए ।
उक्त कार्यक्रममा विभागका पूर्व विद्यार्थीहरू प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्य जुद्घबहादुर गुरुङ र पूर्व मुख्य सचिव डा. विमल कोइरालाले पनि प्राणी शास्त्रका विभिन्न आयाममाथि प्रकाश पारेका थिए । एल्युम्नाई एसोसिएसनका अध्यक्ष प्रा.डा. आनन्दशोभा ताम्राकारले पुनर्मिलन समारोहले विचार, दृष्टिकोण र सहकार्यसहित क्षमता अभिवृद्घि गर्ने बताए ।
समारोहमा प्राणीशास्त्र केन्द्रीय विभागका प्रा.डा. प्रेमबहादुर बुढाले नेपालमा जीवजन्तुको अन्वेषणको विगत र वर्तमान अवस्था र भविष्यका चुनौती सम्बन्धमा र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा. चिरञ्जिवी पोखरेलले बाघ संरक्षणसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । समारोहको सञ्चालन प्राणी शास्त्र केन्द्रीय विभागका उपप्राध्यापक ईन्द्रप्रसाद सुवेदीले गरेका थिए ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
अफगानिस्तानमा ५.८ म्याग्निच्युडको भूकम्पः ८ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया