मकवानपुरमा गठबन्धनको भागबण्डा टुंगियो

काठमाडौँ । मकवानपुरमा सत्ता गठबन्धन दलले आगामी ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारीको भागबण्डा टुंगो लगाएका छन् ।
नेपाली कांग्रेस बागमतीका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा आइतबार हेटौँडामा बसेको प्रदेश स्तरीय गठबन्धन बैठकले उम्मेदवारीको भागबण्डा टुंगो लगाएको हो । मकवानपुरमा पाँच स्थानीय तहमा कांग्रेस, तीनमा नेकपा माओवादी केन्द्र र दुईमा नेकपा एकीकृत समावजादीलाई प्रमुख पद बाँडफाँट गरिएको छ ।
कांग्रेसलाई बकैया, मकवानपुरगढी, मनहरि, राक्सिराङ र कैलाश गाउँपालिका प्रमुख-अध्यक्ष तथा माओवादी केन्द्रलाई थाहा नगरपालिका, बागमती र भीमफेदी गाउँपालिका प्रमुख-अध्यक्ष तथा एकीकृत समाजवादीलाई हेटौँडा उपमहानगरका प्रमुख र इन्द्रसरोवर गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिने सहमति भएको छ ।
उपप्रमुख-उपाध्यक्षमा कांग्रेसलाई हेटौँडा, थाहा, भीमफेदी, इन्द्रसरोवर र बागमती तथा माओवादी केन्द्रलाई मकवानपुरगढी, मनहरी, राकिसराङ, कैलाश र बकैयामा उपप्रमुख-उपाध्यक्ष पद दिने सहमति भएको छ ।















सरकारले तीव्र रफ्तारमा काम गरिरहेको छ: अर्थमन्त्री डा वाग्ले
नयाँ सभामुखको शपथ आइतबार
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
सिकलसेल एनिमिया पहिचान गर्न निःशुल्क रगत परिक्षण
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
प्रतिक्रिया