बिहीबार, माघ १५, २०८२

जसपाबाट वीरगञ्जको मेयरमा सिंह, विराटनगरको उपमेयरमा यादव चयन

मेरोन्यूज २०७९ वैशाख ११ गते २०:३०

काठमाडौँ । सत्ता गठबन्धन दल जनता समाजवादी पार्टी (जसपा)ले आफ्नो भागमा परेको महानगर र उपमहानगरका लागि उम्मेदवार चयन गरेको छ ।

आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गठबन्धनबाट जसपाले पाएको महानगर र उपमहानगरका लागि उम्मेदवारी चयन गरेको हो ।

जसपाले वीरगञ्ज महानगरको मेयरमा राजेशमान सिंहलाई उम्मेदवार बनाउने भएको छ । यस्तै, विराटनगर महानगरको उपमेयरमा अमरेन्द्र यादवलाई मनोनयन गरेको छ ।

पार्टी कार्यालयमा आज बसेको बैठकले उनीहरूलाई उम्मेदवारको पदमा चयन गरेको पार्टी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया