बुधबार, माघ १४, २०८२

कांग्रेसले धरान र इटहरीको मेयर उम्मेदवार टुंग्यायो

मेरोन्यूज २०७९ वैशाख १२ गते १५:२९

काठमाडौं । नेपाली कांग्रेसले सुनसरीका दुई उपमहानगरपालिकाको मेयरको टुंगो लगाएको छ । इटहरीमा हेमकर्ण पौडेल र धरानमा किशोर राईलाई उम्मेदवार चयन गरेको हो ।

इटहरीमा मेयरको उम्मेदवार चयन भएका पौडेल नेता डा. शेखर कोइराला निकट हुन् । अघिल्लो पटक पनि मेयरको दाबी गरेका उनी उम्मेदवार हुन पाएका थिएनन् । पौडेल इटहरी नगरका कांग्रेस सभापति समेत हुन् ।

धरानमा मेयरको टिकट पाएका राई सभापति शेरबहादुर देउवा पक्षका हुन् । गत अधिवेशनमा उनी नगर सभापतिमा पराजित भएका थिए ।

प्रतिक्रिया