हेटौँडाका तीन वडामा कांग्रेसबाट दुई–दुई जनालाई टिकट
काठमाडौँ । हेटौँडा उपमहानगरको तीन वटा वडामा नेपाली कांग्रेसका दुई–दुई जनाले अध्यक्ष पदको टिकट पाएका छन् । हेटौँडाको २, १० र १९ नम्बर वडामा कांग्रेसका दुई–दुई जनाले टिकट पाएका हुन् ।
२ मा विष्णुगोपाल महर्जन र रविन्द्र घिमिरे १० मा रमेशध्वज कार्की र युवराज लामा तथा १९ मा रामकुमार थापा र शालिकराम अधिकारीले कांग्रेसको तर्फबाट वडा अध्यक्षको टिकट पाएका हुन् ।
सबै टिकटमा नेपाली कांग्रेसका बागमती प्रदेश महामन्त्री कञ्चनचन्द्र वादेको हस्ताक्षर रहेको छ । २ नम्बर वडाका महर्जनले कांग्रेसको तर्फबाट मनोनयन दर्ता गराइसकेकोले घिमिरेले भने स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए । यस्तै, १० नम्बर वडामा कार्कीले मनोनयन दर्ता गराइसकेकोले लामाले उम्मेदवारी दर्ता नगराई हिँडेका थिए ।
१९ नम्बर वडामा रामकुमार थापाले मनोनयन दर्ता गराएको थाहा पाएपश्चात अर्का दाबेदार शालिकराम अधिकारी उम्मेदवारी नै नदिएर फर्केका थिए । एउटै वडामा एउटै पार्टीबाट दुई जनालाई टिकट दिएको भन्दै कांग्रेसका नेताहरू जिल्ला नेतृत्वसँग असन्तुष्ट बनेका छन् ।
जिल्ला समितिले मन लाग्दी गरेको भन्दै उनीहरूले विरोधसमेत जनाएका छन् ।
















कांग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
चितवनमा मोटरसाइकल नहरमा खस्दा एक जनाको मृत्यु
आजका लागि कृषिउपजको थोक मूल्य: काउलीको मूल्य घट्यो
कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
प्रतिक्रिया