एमालेसँग तालमेल गरेपछि डडेल्धुराका कांग्रेस नेताको पार्टी सदस्यता खोसियो
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाका डडेल्धुरा निवर्तमान सभापति कर्णबहादुर मल्लमाथि पार्टीको सदस्यसमेत नहुने गरी कारबाही गरिएको छ ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेको उनले पार्टीको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको हो ।
पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’
उनले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीलाई सहयोग नगरी नेकपा एमालेसँग तालमेल गरेका थिए ।
उनले जिल्लाको दुई नगरपालिका र पाँच वटा गाउँपालिकामा कांग्रेसबाट विद्रोह गरी एमालेसँग तालमेल गरेर सोमबार उम्मेदवारी दर्ता गराएका थिए ।

















रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता, उपसभामुख पदबारे छलफल
चैत २२ गतेदेखी मतदाता नामावली सङ्कलन तथा अद्यावधिक हुने
इरान– इजरायल युद्ध चर्किँदै, अमेरिका प्रभावित
झापामा घरको तीन तला माथिबाट खस्दा बालिकाको मृत्यु
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
एसइई परीक्षा बिहीबारदेखि सुरु हुँदै : सबै तयारी पूरा
प्रतिक्रिया