एमालेसँग तालमेल गरेपछि डडेल्धुराका कांग्रेस नेताको पार्टी सदस्यता खोसियो
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्लाका डडेल्धुरा निवर्तमान सभापति कर्णबहादुर मल्लमाथि पार्टीको सदस्यसमेत नहुने गरी कारबाही गरिएको छ ।
कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा सदस्यसमेत रहेको उनले पार्टीको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको भन्दै कारबाही गरेको हो ।
पार्टीको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेका पत्रमा भनिएको छ, ‘नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले निजलाई नेपाली कांग्रेसको सदस्यसमेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।’
उनले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि पार्टीलाई सहयोग नगरी नेकपा एमालेसँग तालमेल गरेका थिए ।
उनले जिल्लाको दुई नगरपालिका र पाँच वटा गाउँपालिकामा कांग्रेसबाट विद्रोह गरी एमालेसँग तालमेल गरेर सोमबार उम्मेदवारी दर्ता गराएका थिए ।

















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया