नौसेनाको आधार सुरक्षा गर्न रुसले गर्यो डल्फिन तैनाथ

मस्को / रुसले ब्ल्याक सीस्थित नौसेनाको आधारको सुरक्षा गर्न डल्फिन तैनाथ गरेको विवरण सार्वजनिक भएको छ ।युनाइटेड स्टेट्स नेभल इन्स्टिच्युट (यूएसएनआई) तयार पारेको एक प्रतिवेदनमा रुसी नौसेनाले सेभास्टोपोल नौसैनिक अड्डामा दुईवटा सैन्य डल्फिन राखेको उल्लेख छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुवरीमा ‘विशेष सैन्य अपरेसन’ सुरु गरेपछि डल्फिनलाई त्यहाँ सारिएको थियो ।
डल्फिनलाई युक्रेनी विशेष बलहरूविरुद्ध ‘काउन्टर–डाइभर अपरेसन’ को लागि प्रयोग गर्न सक्ने युएसएनआईले भनेको छ । युक्रेनी विशेष फौजले बन्दरागहमा क्षति पु¥याउन सक्ने अनुमानमा डल्फिलन परिचालन गरिएको बताइएको छ ।
रिपोर्टअनुसार सेभास्टोपोल बन्दरगाहमा धेरै रूसी नौसेना युद्धपोतहरू तैनाथ गरिएका छन् । उत्तरी जलसेनाको आधारमा उसले बेलुगा ह्वेल र सिलहरू राखेको छ । बेलुगा ह्वेलहरू ‘समुद्री जासुसी’ को रुपमा प्रयोग हुन्छन् ।
सन् २०१८ मा सिरियाली युद्धका क्रममा रुसले टार्टस नौसेना आधारमा पनि डल्फिन प्रयोग गरेको थियो ।
















अमेरिकाले जफत गरेको जहाज रिहाइका लागि दबाब दिन राष्ट्रसङ्घलाई इरानको आग्रह
गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प
ओमनले नेपाललाई दियो २८१ रनको लक्ष्य
आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको प्रथम ९ महिनामा तीन अर्ब ९७ करोड ६७ लाख राजस्व सङ्कलन
सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने:सभापति थापा
ट्रम्पले भने – इरानसँग वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबार पाकिस्तान जाँदैछ
रास्वपाले वैशाख १५ देखि जिल्ला अधिवेशन गर्ने
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
एलिजाबेथ द्वितीयको जीवनी लेख्न इतिहासकार चयन
प्रतिक्रिया