छोडिदिनुस् सूर्यलाई भोट दिने काम, अर्कोपटक हाल्नु होला : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौँ महानगरपालिकाकी गठबन्धनका उम्मेदवार सिर्जना सिंहलाई भाउजूबाट दिदी बनाउने अवस्था आएको बताएका छन् ।
आज आयोजित काठमाडौँको मेयरकी उम्मेदवार सिंहको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै, उनले सिंहले आफूलाई कस्तो काठमाडौँ बनाउने भन्नेबारे जानकारी दिएकाले मेयरको दाबेदार भएको बताए ।
‘स्वास्थ्यको बारेमा तपाईको कस्तो योजना छ भनेर सोधेँ,’ थापाले भने, ‘उहाँले यसबारे जानकारी दिँदै मलाई भन्नु भो, घरमा भान्सा बदल्नेदेखि एक अस्पताल बनाएर नाजुक अवस्था भएकाहरूलाई उपचार गर्ने व्यवस्था गराउछु भन्नु भो ।’
उनले आफूहरूले काठमाडौँमा धेरै ठूलो परिवर्तन नभई सानोसानो परिवर्तन चाहेको बताउँदै उनले उक्त काम सिंहले गर्ने बताए ।
‘जसले भान्सा कसरी चलाउने ? फोहोर कसरी व्यवस्थापन गर्ने ? फुटपाथ कसरी राम्रो बनाउने ? कसरी जाम कम गर्ने ? काठमाडौँमा यस्तै साना काम हुनु पर्ने होइन र ?’ महामन्त्री थापाले भने, ‘हामीले काठमाडौँमा चाहेको यस्तै सानो काम गर्ने मेयर होइन र ?’
उनले अघिल्लोपटक सूर्यमा मत हालेका महिलाले यसपटक महिलालाई नै सहयोग गर्ने अवसर आएको बताए । ‘छोडिदिनुस्, योपटक सूर्यलाई भोट दिने काम, अर्कोपटक सूर्यमै भोट हाल्नु होला,’ उनले भने ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया