बिहीबार, माघ १५, २०८२

यस्ता छन् काठमाडौँ महानगर मेयरकी उम्मेदवार सिंहको ७ संकल्प

मेरोन्यूज २०७९ वैशाख १५ गते १३:४२

काठमाडौँ । सत्ता गठबन्धनबाट काठमाडौँ महानगरपालिकामा मेयरको उम्मेदवार बनेकी सिर्जना सिंहले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी छन् । उनले एक कार्यक्रम आयोजना गरी आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेकी हुन् ।

उनले आफू महानगरपालिकामा मेयर भने सानो–सानो काम गरी महानगरबासीको जीवन परिवर्तन गर्ने धारणा व्यक्त गरेकी थिइन । उनले आफ्नो प्रतिबद्धतामा मूल रुपमा ७ वटा संकल्प गरेकी छन् । जुन यस प्रकारका छन् ।

१, सेवा र सुशासन ।

२, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा ।

३, स्वच्छ, सफा, दिगो र पर्यावरण ।

४, सुरक्षित सहर ।

५, संस्कृति, सम्पदा र सभ्यता ।

६, सबल र सम्मुनत पूर्वाधार ।

७, सबल युवा, स्वावलम्बी महिला र सिर्जनशील महानगरबासी ।

प्रतिक्रिया