सोमबार, पुष १४, २०८२

कोरोनाका कारण बेइजिङका विद्यालय पुनः बन्द

मेरोन्यूज २०७९ वैशाख १५ गते २०:१८

काठमाडौँ । कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिएसँगै चीनको बेइजिङका विद्यालयहरू बन्द गरिएको छ ।

महामारी अत्यधिक फैलिन थालेपछि साविक बमोजिमको बिदा शुरु हुनुअगाडि बिदा दिइएको हो । सरकारले बाल शिशु कक्षादेखि माध्यामिक तहसम्मका सबै विद्यालयमा पठन पाठन रोक्ने निर्णय गरेको अधिकारीले बिहीबार जानकारी दिएका छन् ।

‘विद्यार्थीहरूको बिदा शुक्रबारदेखि नै लागू हुन्छ, नियमित बिदाभन्दा एक दिनअगाडि बिदा शुरु गरिएको हो,’ सरकारी एक अधिकारीले भने । महामारी थप फैलिने देखेपछि केही विद्यालयले यसअघि नै अनलाइन माध्यमबाट पठन पाठन शुरु गरेका थिए ।

विद्यालय आउनका लागि विद्यार्थी तथा शिक्षकले पछिल्लो ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट देखाउनु पर्ने र त्यसमा नेगेटिभ रिपोर्ट हुनु पर्ने सर्त राखिएको छ ।

विद्यालय अब पुनः कहिले शुरु गर्ने भन्ने बारेमा महामारीको संक्रमणको अवस्थाका आधारमा मात्रै थाहा हुने अधिकारीले जनाएका छन् । उनीहरूका अनुसार बेइजिङमा बुधबार दिउँसो ३ बजेदेखि बिहीबार दिउँसो ३ बजेसम्ममा ५३ जनामा आन्तरिक संक्रमण भएको पुष्टि गरिएको छ ।

प्रतिक्रिया