गठबन्धन कार्यान्वयन हुँदैन : सांसद महत

जुम्ला । स्थानीय तहको निर्वाचनमा जुम्लामा गठबन्धन नहुने भएको छ । गठबन्धन के हुने विषयमा अन्योल रहेको समयमा सत्तारुढ दलका नेताले गठबन्धन नहुने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठबन्धन नहुने बताए । उनले अब जुम्लामा गठबन्धन हुन्छ भनेर भ्रममा नपर्न अनुरोध गरे ।
गठबन्धनले पहिलोपटक निर्देशन पठाएको थियो । वैशाख ११ गते जिल्लास्थित शीर्ष नेताको बैठकमा निष्कर्षविहीन भएकाले अब सबै पार्टी एक्लाएक्लै चुनावी प्रतिस्पर्धा हुने बताए ।
नेपाली कांग्रेस जुम्ला सभापति कर्णबहादुर शाहीले जुम्लाको अवस्था अस्तव्यस्त भएकाले गठबन्धन सम्भव नभएको बताए । त्यस्तै, एकीकृत नेकपा समाजवादीका जिल्ला सचिव आदीप्रसाद न्यौपानेले केही दिन पहिले गठबन्धन नहुने निष्कर्षमा पुगेको बताए । उनले लामो समय गृहकार्य गरे गठबन्धनको सम्भावना नरहेको बताएका हुन् ।
त्यस्तै, गठबन्धनका लागि वैशाख १२ गते प्रदेश स्तरीय गठबन्धनले गाउँपालिकाको नेतृत्व बाँडफाँड गरेको थियो । तर, त्यो दिन मतदान केन्द्रमा उम्मेदवारी दर्ता गर्न गइसकेकाले गठबन्धनको सम्भावना सकिएको छ ।
















निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
म्यान्मा घोटाला प्रकरणमा चीनद्वारा ११ जनालाई मृत्युदण्ड
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
बूढीगण्डकी आयोजना अगाडि बढाऔं, निजी क्षेत्र लगानी गर्न तयार छ : अध्यक्ष ढकाल
बालेनले गरे बर्दिया २ मा रास्वपा सम्पर्क कार्यालय उद्घाटन,यस्ताे छ उनकाे आजकाे कार्यतालिका
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कङ्काल फेला
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
माघ १३ गते मंगलबार, कस्ताे रहला तपाइकाे आजकाे राशिफल ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया