शनिबार, वैशाख १९, २०८३

दुई बालिका बलात्कारको आरोपमा युवक पक्राउ

मेरोन्यूज २०७९ वैशाख १७ गते १८:१४

काठमाडौँ । रुपन्देहीमा दुई बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

Advertisement
NiccNicc

७ र ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगर ३ बस्ने रोल्पाको लुङ्गी गाउँपालिका ४ घर भएका २० वर्षीय भूपेन्द्र पोखरेललाई प्रहरीले पक्राउ गरेको हो ।

गएको चैत २१ गते पोखरेलले बालिकालाई बुटवल उपमहानगर ३ तिनाउ खोला बगरमा ललाइफकाइ जबरजस्ती करणी गरेको सूचनापछि इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई शुक्रबार दिउँसो पक्राउ गरिएको जनाएको छ ।

ती युवकलाई पक्राउ गरेर घटनाबारे अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया