धिरजप्रताप सिंहलाई नयाँ आइजिपी बनाउने सरकारको निर्णय
मेरोन्यूज
२०७९ वैशाख १८ गते १३:४०

काठमाडौं । सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नेपाल प्रहरीको नयाँ महानिरिक्षक (आईजीपी) बनाउने निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको एक मन्त्रीले मेरोन्यूजलाई जानकारी दिए ।
धिरजप्रताप सिंह नेपाल प्रहरीका २९ औं आइजीपीका रुपमा ११ महिना कार्यकालसम्म कार्यभार सम्हाल्नेछन् । बीचमा ३० बर्षे सेवावधि हटेमा उनले थप कार्यकाल आइजीपी हुने मौका पाउनेछन् ।
नेपाल प्रहरीमा ४ जना एआइजी आइजीपीको प्रतिस्पर्धामा थिए । गृहमन्त्रालयले एआइजीहरु विश्वराज पोखरेल, सहकुलबहादुर थापा, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकको नाम सिफारिस गरेको थियो । यीमध्येबाट मन्त्रिपरिषदले सिंहलाई आइजीपी नियुक्त गरेको छ ।
सम्बन्धित
















अवैध धन्दा चलाउने ललितपुरको ‘द ब्रिटिस स्कुल’ का चेयरम्यान विल्कोले दिए राजीनामा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
Election a talk of the town after candidacy filing in Mahottari
दाङमा १९ स्वतन्त्रसहित ६२ जनाको मनोनयन दर्ता
स्कोडा कायलाकको वास्तविक माइलेज परीक्षण: सिटी र हाइवेमा कस्तो देखियो प्रदर्शन?
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
आयोगको निर्णयविरुद्ध देउवा पक्षले दिएकाे रिट सर्वोच्चमा दर्ता, माघ ६ गते पेसी
प्रतिक्रिया