विवादपछि अल्मुताइरीले दिए खेलाडीलाई माफी

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका १० सदस्यले मुख्य प्रशिक्षकको व्यवहारले टोलीको क्याम्प छाडेको बताएको तीन दिनपछि अब्दुल्लाह अल्मुताइरीले एन्फालाई पत्र काटेका छन् ।
उनकै कारण गत १४ वैशाखमा खेलाडीले क्याम्प छाडेका थिए । १५ गते स्पष्टीकरण दिन पत्रकार सम्मेलन गरेका थिए । खेलाडीले अब्दुल्लाहको निकै दबाबका बीच टिम छाडेको प्रतिक्रिया दिएका थिए ।
यद्यपि, अब्दुल्लाहले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र काट्दै खेलाडीले आफूलाई टिम छाड्दै गर्दा थाहा नदिएको बताएका छन् ।
कुवेती नागरिक अब्दुल्लाहले आफूले खेलाडीलाई माफी दिएको र एन्फालाई कारबाही नगर्न आग्रह गर्दै महासचिव तुलाधरलाई आइतबार बिहान पत्र बुझाएका हुन् ।
यस्तै, अब्दुल्लाहले टिम बनाउने जिम्मा आफ्नो भएकाले बाहिर रहेका १० खेलाडीलाई टिममा नबोलाउने र जस्तोसुकै नतिजा आए पनि त्यसको जिम्मेवारी आफूले लिने बताए ।
















विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
नबिल बैंकका अध्यक्ष चौधरीद्वारा नबिल स्वच्छ खानेपानी अभियानको डिजिटल उद्घाटन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया