जिम्बाब्बे ‘ए’सँग नेपाल पराजित

काठमाडौँ । नेपाल जिम्बाब्बेसँग पराजित भएको छ । जिम्बाब्बेविरुद्धको टी २० शृंखलाको पहिलो खेलमा नेपाल ६ विकेटले पराजित भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो ।
यद्यपि, आक्रामक ब्याटिङ गरेको जिम्बाब्बे ‘ए’विरुद्ध बलिङ नचल्दा नेपाल पराजित बन्न पुगेको हो । जिम्बाब्बेका लागि इनोसेन्ट कायाले ३० बलमा ९ चौकासहित ४७ रन बनाएका थिए ।
यस्तै, टोनी मुन्योङ्गाले २३ बलमा ७ छक्कासहित ५० रनको अर्ध शतकीय इनिङ खेले । टाडिवान्से मरुमानीले ४१ बलमा ३ चौका र ३ छक्कासहित अविजित ५६ रनको इनिङ खेलेका थिए ।
जिम्बाब्बे ‘ए’का विकेट किपर–ब्याटर क्लिभ माडण्डे ८ रनमा आउट हुँदा कुड्जाई मुञ्जे ८ र रोए काया ६ रनमा अविजित रहे ।
नेपाली सिनियर टिममा डेब्यू गरेका बसिर अहमदले ३ ओभरमा १७ रन खर्चेर तीन विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ५० रन खर्चेर एक र करण केसीले ३ ओभरमा ३५ रन खर्चेर एक विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रनको योगफल तयार गरेको थियो ।
















आज पनि सुनचाँदीकै मूल्यमा व्यापक गिरावट
Four killed in road accident
इरानको धम्की : उर्जा क्षेत्रमा आक्रमण भए मध्य पूर्वका ऊर्जा र पानी केन्द्रमा जवाफी हमला
सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो
घर घरमै चिकित्सा सेवा पुर्याउँदै डा चेवन
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया