शुक्रबार, माघ १६, २०८२

भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपालमा

मेरोन्यूज २०७९ वैशाख १९ गते १८:५७

काठमाडौँ । भारतीय कांग्रेस आईका नेता राहुल गान्धी नेपाल आइपुगेका छन् । उनी आज दिउँसो नेपाल आइपुगेका हुन् ।

स्रोतका अनुसार उनी राजनीतिभन्दा व्यक्तिगत भ्रमणका लागि नेपाल आइपुगेको हुन् । उनी होटल मेरियटमा बसेका छन् । तर, यसबारे कुनै जानकारी दिएका छैनन् ।

उनी भिस्तार एयरलाइन्सको विमानबाट आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

नेता गान्धीले पाँच दिन नेपालमा बिताउने छन् । स्रोतका अनुसार नेपाल भ्रमणमा उनी रारा वा मुस्ताङ जाने भएका छन् ।

यसअघि उनी २०७५ साल भदौ १५ गते नेपाल आएका थिए ।

नेपालमा स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उनी गोप्य भ्रमणमा नेपाल आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया