आइतबार, चैत ८, २०८२

रोनाल्डोको गोलमा युनाइटेडको जित

मेरोन्यूज २०७९ वैशाख २० गते ७:३१

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३-० अन्तरले पराजित गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

युनाइटेडलाई घरेलु मैदान ओल्ड ट्राफोर्डमा जिताउन ब्रुनो फर्नाण्डेज, क्रिष्टियानो रोनाल्डो र राफेअल भरानेले १(१ गोल गरे ।

सहज जितसँगै युनाइटेड ३६ खेलबाट ५८ अंक जोड्दै छैटौं स्थानमा छ । पराजित ब्रेन्टफोर्ड ३५ खेलबाट ४० अंक बनाउँदै १४औँ स्थानमा छ ।

प्रतिक्रिया