स्थानीय तह चुनाव
रोल्पामा गठबन्धनकै वीचमा झडप, रुकुम पश्चिममा प्रहरी चौकीमा तोडफोड
सत्ता गठबन्धन दलमा केन्द्रको निर्देशन : मित्रवत् प्रतिस्पर्धा, तर पालिकास्तरमा अस्वस्थ प्रतिस्पर्धा

काठमाडौं । सत्ता गठबन्धन दलले ६ महानगर र ११ उपमहानगरमा चुनावी तालमेल केन्द्रबाटै मिलाएका थिए । अन्य पालिकामा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न निर्देशन सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले दिएका थिए । तालमेल हुनै नसकेका स्थानीय तहमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने उनीहरुको आन्तरिक सर्कुलर पनि थियो ।
उम्मेदवारी दर्तापछि केन्द्रीय निर्देशनलाई चुनौति दिदै महानगर, उपमहानगरमै समेत कतिपय गठबन्धनमा रहेका पार्टीका नेताहरुले बागी उम्मेदवारी दिए । बागीलाई फकाउन पनि निक्कै कसरत दलहरुले गरे । पटक पटक उम्मेदवारी फिर्ता लिन, गठबन्धनको निर्णय नमान्ने हो भने कारवाही गर्ने चेतावनी पनि पटक पटक गठबन्धन दलका नेताहरुले गरेका दिएका हुन् ।
तर मित्रवत् प्रतिस्पर्धा गर्ने भनेका दलहरुका वीचमै भने झडपका घटना हुन थालेका छन् । माओवादीको बलियो प्रभाव रहेको रुकुम पश्चिम र रोल्पामै कांग्रेस र माओवादी नेता कार्यकर्ताकै वीचमा झडप भएको छ ।
रोल्पामा माओवादी र एकीकृत समाजवादी तथा कांग्रेस र एमालेका वीचमा तालमेल छ । रोल्पामा तालमेलमा रहेका यी दुई पक्षवीच झडप भएको हो ।
झडपमा परि माडी गाउँपालिका वडा नं ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका छन । माडी गाउँपालिका वडा नं। ३ को चुनावी सभा सकेर फर्कने क्रममा दुई समूह बीच झडप भएको हो । घाइते घर्तीमगरलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
झपक कसले शुरु गरेको भन्नेमा दुई पक्षका वीचमा फरक फरक धारणा छ । कांग्रेस– एमालेले माओवादी समाजवादीले आक्रमण गरेको बताएको छ । माओवादी र समाजवादीले भने पहिला कांग्रेस एमालेले आक्रमण शुरु गरेपछि प्रतिवाद गरेको बताएको छ ।
प्रहरीले भने घटना सामान्य भएको वताएको छ । दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उता रुकुम पश्चिममा भने माओवादीका कार्यकर्ताले प्रहरी कार्यालयमै तोडफोड गरेका छन् ।
रूकुम पश्चिमको नुवाकोट प्रहरी चौकीमा माओवादीले तोडफोड र आक्रमण गरेका हुन्। प्रहरी चौकीमा वाइसिएलका कार्यकर्ताले तोडफोड गरेका थिए।
कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी तोडफोड गरेका हुन्। यहाँ कांग्रेस र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।
कांग्रेस कार्यकर्ता चौकीभित्र छिरेपछि वाइसिएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न भनेका थिए। त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुडा गरेका हुन्।
बुधबार बेलुकी ८ बजेतिर माओवादीले कांग्रेसका त्रिवेणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गर्दा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया