स्थानीय तह चुनाव
रोल्पामा गठबन्धनकै वीचमा झडप, रुकुम पश्चिममा प्रहरी चौकीमा तोडफोड
सत्ता गठबन्धन दलमा केन्द्रको निर्देशन : मित्रवत् प्रतिस्पर्धा, तर पालिकास्तरमा अस्वस्थ प्रतिस्पर्धा

काठमाडौं । सत्ता गठबन्धन दलले ६ महानगर र ११ उपमहानगरमा चुनावी तालमेल केन्द्रबाटै मिलाएका थिए । अन्य पालिकामा स्थानीय आवश्यकताका आधारमा तालमेल गर्न निर्देशन सत्ता गठबन्धन दलका शीर्ष नेताहरुले दिएका थिए । तालमेल हुनै नसकेका स्थानीय तहमा भने मित्रवत् प्रतिस्पर्धा गर्ने उनीहरुको आन्तरिक सर्कुलर पनि थियो ।
उम्मेदवारी दर्तापछि केन्द्रीय निर्देशनलाई चुनौति दिदै महानगर, उपमहानगरमै समेत कतिपय गठबन्धनमा रहेका पार्टीका नेताहरुले बागी उम्मेदवारी दिए । बागीलाई फकाउन पनि निक्कै कसरत दलहरुले गरे । पटक पटक उम्मेदवारी फिर्ता लिन, गठबन्धनको निर्णय नमान्ने हो भने कारवाही गर्ने चेतावनी पनि पटक पटक गठबन्धन दलका नेताहरुले गरेका दिएका हुन् ।
तर मित्रवत् प्रतिस्पर्धा गर्ने भनेका दलहरुका वीचमै भने झडपका घटना हुन थालेका छन् । माओवादीको बलियो प्रभाव रहेको रुकुम पश्चिम र रोल्पामै कांग्रेस र माओवादी नेता कार्यकर्ताकै वीचमा झडप भएको छ ।
रोल्पामा माओवादी र एकीकृत समाजवादी तथा कांग्रेस र एमालेका वीचमा तालमेल छ । रोल्पामा तालमेलमा रहेका यी दुई पक्षवीच झडप भएको हो ।
झडपमा परि माडी गाउँपालिका वडा नं ३ का कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार मीनवहादुर डाँगी घाइते भएका छन । माडी गाउँपालिका वडा नं। ३ को चुनावी सभा सकेर फर्कने क्रममा दुई समूह बीच झडप भएको हो । घाइते घर्तीमगरलाई उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।
झपक कसले शुरु गरेको भन्नेमा दुई पक्षका वीचमा फरक फरक धारणा छ । कांग्रेस– एमालेले माओवादी समाजवादीले आक्रमण गरेको बताएको छ । माओवादी र समाजवादीले भने पहिला कांग्रेस एमालेले आक्रमण शुरु गरेपछि प्रतिवाद गरेको बताएको छ ।
प्रहरीले भने घटना सामान्य भएको वताएको छ । दुई पक्षबीच सामान्य विवाद भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।
उता रुकुम पश्चिममा भने माओवादीका कार्यकर्ताले प्रहरी कार्यालयमै तोडफोड गरेका छन् ।
रूकुम पश्चिमको नुवाकोट प्रहरी चौकीमा माओवादीले तोडफोड र आक्रमण गरेका हुन्। प्रहरी चौकीमा वाइसिएलका कार्यकर्ताले तोडफोड गरेका थिए।
कांग्रेसनिकट नेपाल तरूण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी तोडफोड गरेका हुन्। यहाँ कांग्रेस र माओवादीका कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।
कांग्रेस कार्यकर्ता चौकीभित्र छिरेपछि वाइसिएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न भनेका थिए। त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुडा गरेका हुन्।
बुधबार बेलुकी ८ बजेतिर माओवादीले कांग्रेसका त्रिवेणी गाउँपालिका अध्यक्ष पदका उम्मेदवार अमरसिंह खड्का चढेको गाडी तोडफोड गर्दा पनि कांग्रेस र माओवादी कार्यकर्ताबीच ढुंगा हानाहान भएको थियो।
















‘जो कोहीलाई उत्साहित बनाउने फास्ट ट्र्याकको प्रगति’
अब कुनै आमाको काख नरित्तियोस् : प्रधानमन्त्री कार्की
दाङबाट काठमाडौं आउँदै गरेको बस अनियन्त्रित भएर बीच सडकमा पल्टियो
सहिदका सपना पूरा गर्न उहाँहरुले देखाएको बाटोमा हिँड्ने प्रण गरौँः सभापति थापा
सहिदहरुको आकाङ्क्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन राष्ट्रपतिको आग्रह
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया