शुक्रबार, माघ १६, २०८२

शिक्षक चुनावी प्रचारमा हिँडे कारवाही

मेरोन्यूज २०७९ वैशाख २२ गते २१:३७

काठमाडौँ । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ ।

एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षक दलका अभियानमा खुलेर लाग्नु आचार संहिताविपरीत हुने बताए । शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धि ऐन, कानूनले पनि नदिने उनको भनाइ छ ।

एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचार संहिताविरुद्ध हुने कुनै पनि कार्य नगर्न नगराउन भनेको छ । प्रचलित ऐन, नियम र आचार संहिताविपरीत कार्य भएमा नियमानुसार कार्वाही हुने एकाइले जनाएको छ ।

दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताए ।

प्रतिक्रिया