शुक्रबार, माघ १६, २०८२

अहंकारवादी चुनावले स्वाह हुन्छ : रामेश्वर श्रेष्ठ

मेरोन्यूज २०७९ वैशाख २३ गते १५:०४

काठमाडौं । काठमाडौं महानगरपालिकामा सत्तागठबन्धनका तर्फबाट उपमेयरका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता रामेश्वर श्रेष्ठले चुनावले अहंकारबादीलाई स्वाह गर्ने बताएका छन् ।

चुनावी गठबन्धनले आज काठमाडौंको रत्नपार्कमा आयोजना गरेको चुनावी सभालाई सम्वोधन गदै उनले केपी ओलीमा अहंकारबाद पलाएको र त्यो अहंकारबादलाई चुनावले स्वाह पार्ने बताएका हुन् ।

उनले महानगरका आधारभूत योजना पनि विगतको महानगर नेतृत्वले गर्न नसकेको भन्दै जनताको सेवामा यो गठबन्धनले मात्रै काम गर्न सक्ने बताए । उनले कांग्रेसका नेतृ सिर्जना सिंहको नेतृत्व महानगरको नेतृत्व गर्न सक्षम रहेकोले जितको सुनिश्चितता भएको पनि बताए ।

प्रतिक्रिया