कास्कीमा मतदान केन्द्रमा काम शुरु
काठमाडौँ । आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचनका काम शुरु भएको छ ।
सबै मतदान केन्द्रमा निर्वाचनका सामग्रीसहित कर्मचारी पुगिसकेको र निर्वाचन प्रक्रियाका तयारीका काम शुरु भइसकेको प्रदेश निर्वाचन कार्यालय पोखरा सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।
मतदान केन्द्रमा मतदानका लागि आवश्यक तयारीसँगै अधिकांश केन्द्रमा आज निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सर्वदलीय बैठक सम्पन्न भएको उनले बताए ।
कास्की जिल्लामा पोखरा महानगरसहित चारवटा गाउँपालिका मादी, अन्नपूर्ण, माछापुच्छ्रे र रुपा रहेका छन् । जिल्लामा सुरक्षाकर्मीबाहेक एक हजार ६८० कर्मचारी र एक हजार आठ स्वयंसेवक परिचालन गरिएको प्रदेश निर्वाचन कार्यालय पोखरा प्रमुख हुमनाथ पराजुलीले जानकारी दिए ।
कास्कीमा १५० मतदान स्थल र ३३६ मतदान केन्द्र रहेको जानकारी दिँदै प्रमुख पराजुलीले निर्वाचनलाई निष्पक्ष, भयरहित बनाउन सबै किसिमको तयारी गरिएको बताए ।
निर्वाचनका लागि मंगलबार राति १२ बजेदेखि मौन अवधि शुरु भएकाले आज दलका प्रचार प्रसार कार्यक्रम नहुँदा सहर र गाउँका बस्ती सुनसानजस्तै बनेका छन् । मौन अवधिमा निर्वाचन आचार संहिता पूर्णरूपमा पालना गराउनका लागि अनुगमनलाई प्रभावकारी बनाइएको मुख्य निर्वाचन अधिकृत श्री कृष्ण भट्टराईले जानकारी दिए ।
निर्वाचनका कारण मतदाता घर फर्कन थालेसँगै सहरी क्षेत्र सुनसान बनेको छ भने गाउँहरू भरिन थालेका छन् ।
















प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ ः अर्थमन्त्री डा वाग्ले
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
सामाजिक सुरक्षासम्बन्धी व्यवस्थाको पूर्ण पालना गर्न मन्त्रालयको अनुरोध
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एकै दिन दुईवटा अमेरिकी लडाकु विमान खसाल्यो इरानले
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
यूएईमा क्षेप्यास्त्र इन्टरसेप्ट गर्ने क्रममा अवशेष खस्दा ७ नेपाली घाइते, एकको अवस्था गम्भीर
प्रतिक्रिया