निर्भयतापूर्वक सक्षम प्रतिनिधि छनोट गर्न गृमन्त्रीको अपिल

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा गृेहमन्त्री बालकृष्ण खाणले भोली(वैशाख ३०) गते हुने निर्वाचनमा निर्भयतापूर्वक विवेकसम्मतरूपले सक्षम प्रतिनिधि छनोट गर्न अपिल गरेका छन् ।
बिहिबार एक विज्ञप्ति सार्वजनिक गर्दै उनले निर्भयतापूर्वक विवेकसम्मतरूपले सक्षम प्रतिनिधि छनोट गर्न अपिल गरेका हुन् ।

‘जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरूले निर्माण गरेको नेपालको संविधान २०७२ ले नेपाली जनतालाई सार्वभौम बनाएको छ । संविधान निर्माण पश्चात दोस्रो पटक यही वैशाख ३० गते मुलुकभर एकै चरणमा स्थानीय तह निर्वाचन हुँदैछ । सरकारले सुरक्षा व्यवस्थासम्बन्धी र निर्वाचन आयोगले निर्वाचनसम्बन्धी सम्पूर्ण तयारी पूरा गरिसकेको छ। सरकार स्वच्छ, निष्पक्ष धाँधलीरहित र शान्तिपूर्ण तरिकाले भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्न प्रतिबद्ध छ।’ उनको विज्ञप्तिमा लेखिएको छ ।
उनले विज्ञप्ति मार्फत भने,‘सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनी र बुबा आमाहरूले निर्भयतापूर्वक विवेकसम्मतरूपले आफ्नो टोल, गाँउ र नगर विकासका लागि सक्षम प्रतिनिधि छनोट गर्न आफ्नो अमूल्य अभिमत प्रदान गर्नुहुन हार्दिक अनुरोध गर्दछु । संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको पक्षमा मजबूत पार्दै विधिको शासनलाई सुदृढ बनाई निर्वाचनको माध्यमबाट जनतालाई सशक्त बनाउँदै जनस्तरसम्म शान्ति, स्थिरता, समृद्धि र सुशासन कायम गर्दै विकासको प्रतिफल जनताको घर आँगनसम्म पुयाउन निर्वाचनमा सक्रियरूपमा सहभागी भइदिनुहुन सम्पूर्ण मतदाताहरूलाई विनम्रतापूर्वक आग्रह गर्दछु । यहाँको अभिमतले देश र देशबासीको समृद्धिमा सहयोग पुयाउने छ भन्ने विश्वास लिएको छ ।’









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया