महोत्तरीमा अहिलेसम्म २८ प्रतिशत मत खस्यो

महोत्तरी । महोत्तरीमा अहिलेसम्म २८ प्रतिशत मत खसेको छ । जिल्लाका सबै पालिकामा गरी २८ प्रतिशत मत खसेको जिल्ला निर्वाचन आयोगका सूचना अधिकारी प्रवीण झाले जानकारी दिए ।
१५ वटै स्थानीय तहमा मतदाताको उत्साहजनक उपस्थिति छ । जिल्लामा तीन लाख ३६ हजार ९५ जनाको मतदाता नामावली भए पनि ३३ हजारसम्म मत खस्न सक्ने अनुमान गरिएको छ । जिल्लाको बल्वा नगरपालिकाबाहेक अन्य ठाउँमा शान्तिपूर्ण ढंगले मतदान प्रक्रिया अगाडि बढिरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
बिहान १०:३० बजे बल्वा नगरपालिकामा मतदाता नामावलीका सम्बन्धमा केहीबेर झडपको स्थिति बनेको भए पनि अहिले भने शान्तिपूर्ण ढंगले अगाडि बढिरहेको जिल्ला प्रहरी कार्यालयको भनाइ छ । एसपी कृष्ण पंगेनीका अनुसार भिडलाई शान्त बनाउन एक राउन्ड हवाई फायरसमेत गर्नुपरेको थियो ।
निर्वाचन आयोग महोत्तरीको अनुसार जिल्लाका १० नगरपालिकामा एक सय ५० जना नगर प्रमुखमा उम्मेदवार दर्ता गरेका छन् भने बाँकी पाँच गाउँपालिकामा ८६ जनाले गाउँपालिका प्रमुखमा उम्मेदवारी दर्ता गरेका छन् ।
त्यसैगरी जिल्लाका १३८ वटा वडा जम्मा ८८५ जनाले वडाध्यक्ष, ५८३ जनाले महिला सदस्यमा, ५५४ जनाले दलित महिला सदस्यमा र ११७३ जनाले सदस्यमा मनोनयन दर्ता गरेको निर्वाचन आयोगले जनाएको छ । तर प्रतिस्पर्धापछि जिल्लाका १५ वटा पालिकामा विभिन्न पदमा गरी ७२० जना मात्र जनप्रतिनिधि निर्वाचित हुनेछन् । जिल्लामा ४९७ मतदान केन्द्र र २५८ मतदानस्थल छन् ।















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया