स्याङ्जा जिप दुर्घटनाप्रति प्रचण्डद्वारा दुःख व्यक्त
मेरोन्यूज
२०७९ वैशाख ३० गते १८:१६

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड)ले स्याङ्जामा शुक्रबार १४ जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
वालिङ नगरपालिका–१६ का मतदाता बोकेको ग२च ३०२६ नम्बरको जिप शुक्रबार दुर्घटनामा परेको थियो । दुर्घटनामा १४ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए ।
प्रचण्डले आफ्नो सामाजिक सञ्जाल मार्फत ‘स्याङ्जाको वालिङ–१४, अर्खलबास भन्ने स्थानमा आज बिहान मतदाता बोकेको जीप दुर्घटना हुँदा १४ जनाको निधन भएको खबरले मर्माहत भएको छु । उक्त दुःखद् घटनामा दिवङ्गत हुनुभएकाहरू प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ।’ उल्लेख गरेका छन् ।
सम्बन्धित








आज २०८२ साल मंसिर २२ गते सोमबारको राशिफल
दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स प्लेअफमा, ३ वटा टोली प्लेअफ होडबाट बाहिर
प्रतिक्रिया