सिन्धुपाल्चोकमा ३ केन्द्रमा मतदान जारी, ३ सय १३ केन्द्रमा सम्पन्न

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा स्थानीय तहको निर्वाचन अन्तर्गत मतदान सम्पन्न भएका केन्द्रको मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ल्याउन थालिएको छ । १२ स्थानिय तहमध्ये मेलम्ची नगरपालिकाको वडा नं. ९ ज्यामिरे, वडा नं. ५ सिन्धुकोट र त्रिपुरासुन्दरी गाँउपालिका वडा नं. ३ धुस्कुनको बाहेक अरु स्थानको मतदान सकिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
ति वडामा दिउँसो भएको विवादले २ घण्टा मतदान रोकिएकोले लम्बिएको हो । अधिकांश मतपेटिकाहरु संकलन गर्दैे आउने क्रम जारी रहेको छ । भौगोलिक अवस्थाका कारण राती अबेरसम्म पनि लाग्न सक्ने निर्वाचन अधिकृतको कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
मतपेटिका संकलन पश्चात सर्वदलीय बैठक बोलाएर त्यसको निर्णय अनुसार मतगणना कार्य सुरु हुने बताइएको छ । मतगणनाका लागि कर्मचारी र दलका प्रतिनिधिबीच दूरी कायम गराउन जालीको व्यवस्था गरिएको छ । मतगणनास्थलमा साउण्ड सिस्टम सहितको सिसिटिभी जडान गरिएको छ ।
जिल्लाका सबै निर्वाचन अधिकृतको कार्यालयमा समेत सोही अनुसारको सुरक्षा व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताए । मतगणनाको क्रममा कुनै अवरोध नआएमा बढीमा तीन दिन भित्र अन्तिम नतिजा आइसक्ने आँकलन गरिएको छ ।
यसैबिच सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९, ज्यामिरे स्वास्थ चौकी केन्द्रमा नेपाली काँग्रेस र नेकपा एमालेबीच विवाद हुँदा केहि समय मतदान प्रभावित बनेको थियो । केही बरेको बिबादपछि मतदान पुन सुचारु भएको थियो ।
बाह्रबिसे नगरपालिका वडा नं.३ मा रहेको क्षमादेवी माध्यामिक विद्यालयमा मतदानका क्रममा झडप हुँदा ४ राउण्ड हवाई हायर भएको थियो । नेकपा एमाले र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा बाह्रबिसे नगरपालिका वडा नं. १ घोर्थलीको मतदान केन्द्रमा मतदान १ घण्टा रोकिन पुग्यो ।
यस्तै त्रिपुरासुन्दरी गाँउपालिका वडा नं.३ मा रहेको मतदान केन्द्रमा विवाद हुँदा मतदान केहि समय प्रभावित बनेको थियो । मतदान केन्द्रमा एउटै मान्छेले दुई पटक मतदान गरेको भन्दै कार्यकर्ताबीच सुरु भएको झगडाले मतदान केन्द्रछेउमा ढुंगामुडा र टेबुल तोडफोड भएको थियो ।
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया