भक्तपुरका चार वटा नगरपालिकाहरुमा खस्यो ७६ प्रतिशत मत

भक्तपुर । भक्तपुरमा ७६ प्रतिशत मत खसेको छ । जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी चाँगुनारायण नगरपालिकामा ७७ प्रतिशत मत खसको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ । भक्तपुर नगरपालिका क्षेत्रमा ७६ प्रतिशत मत खसेको छ । त्यस्तै सूर्यविनायक र मध्यपुर थिमिमा ७५ प्रतिशत मत खसेको आयोगले जनाएको छ ।
जिल्लाका चार वटा नगरपालिकाहरुमा दुई सय १९ वटा मतदान केन्द्रहरुमार्फत् शुक्रबार शान्तिपूर्ण रुपमा मतदान भए । जिल्लामा भक्तपुरमा ४३ हजार तीन सय ७४, मध्यपुर थिमिमा ३१ हजार चार सय १०, चाँगुनारायणमा ३३ हजार दुई सय ८८ र सूर्यविनायकमा ३५ हजार पाँच सय ५१ वटा मत खसेको आयोगका सूचना अधिकारी भीमबहादुर विसीले बताए ।
जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सवैभन्दा वढी मतदान केन्द्र भक्तपुर नगरपालिका क्षेत्रमा थिए । यहाँ कुल ६२ वटा मतदान केन्द्रहरु थिए । सवैभन्दा कम भने मध्यपुर थिमि नगरपालिकामा रहेका थिए । त्यहाँ ४६ वटा मतदान केन्द्रहरु थिए । चाँगुनारायणमा ५३ र सूर्यविनायकमा ५८ वटा मतदान केन्द्रहरु थिए ।
















राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया