निर्वाचनको झडपमा मृत्यु हुनको संख्या दुई पुग्यो

काठमाडौं । शुक्रबार(३० वैशाख) भएको स्थानीय तहको निर्वाचनमा झडपको क्रममा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
शुक्रबार देशभर भएका झडपका घटनामध्ये उदयपुर र सोलुखुम्बुमा भएको झडपमा परि एक्एक जना गरी दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार उदयपुरको कटारी नगरपालिका– १० स्थित कालिका माध्यमिक विद्यालय मतदान केन्द्रमा प्रहरीले गोली चलाउँदा एकजनाको मृत्यु भएको थियो । मतदान सकिए लगत्तै मतपेटिका व्यवस्थापनका क्रममा भएको झडपमा प्रवीण भनिने १८ वर्षीय वीरबहादुर कटुवालको ज्यान गएको थियो । यस्तै शुक्रबार मतदानपछि झडप हुँदा घाईते भएका सोलुखुम्बुको सोताङ गाउँपालिकामा एक माओवादी कार्यकर्ताको उपचारको क्रममा मृत्यु भएको छ।
सोताङ वडा नम्बर ३ मा भोट खसाल्न आएकी विरामी वृद्धा महिलाको मतदानलगत्तै मृत्यु भएपछि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो। मत खासल्नका लागि वृद्धालाई बोकेर ल्याइएको थियो । तर मतदान गरिसकेपछि भने वृद्धालाई घर पुर्याउन बेवास्ता गरेको आरोप कांग्रेसका कार्यकर्ताले लगाएपछि दुई समूह बीच विवाद बढेको थियो ।
शुक्रबार साँझ भएको घटनामा घाइते भएका माओवादी केन्द्रका कार्यकर्ता ३५ वर्षीय सुदिप राईको फाप्लु अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । कांग्रेस कार्यकर्ताको ढुंगा प्राहारबाट राईको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनामा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
















बैतडीका ३३ मतदानस्थल अतिसंवेदनशील
झापामा १५ महिलासहित ९० जना मैदानमा
यी हुन् उज्यालो नेपाल पार्टीका उम्मेदवार (सूची)
प्रतिनिधिसभा निर्वाचनः ३४८६ जनाको उम्मेदवारी मनोनयन
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
प्रतिक्रिया