मध्यपुर थिमिमा कांग्रेसको अग्रता कायमै

मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले अग्रता कायम राखेको छ । मध्यपुर थिमिको जारी मतगणनामा वडा नं १ को एक हजार २०० मत गणना भएकामा नगरप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले ६३९ मत प्राप्त गरी अग्रता लिनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका मदनसुन्दर श्रेष्ठले ४३३ मत प्राप्त गर्नुभएको छ । उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले ४३०, नेकपा एमालेका उत्तरा नेपालले ५१० मत प्राप्त गरेका छन् ।
त्यस्तै वडाध्यक्षमा नेपाली कांग्रेसका बाबुकाजी डङ्गोलले ६०३, नेकपा एमालेका कृष्णकुमार प्याथले ४३६ मत प्राप्त गरेका छन् । महिला सदस्यमा कांग्रेसका सरस्वती खड्काले ६०६, नेकपा एमालेका राधा हुमागाईंले ४६७, दलित महिला सदस्यमा कांग्रेसका रिमा परियारले ५५५, एमालेका खुस्बु परियारले ५५५, खुला सदस्यमा कांग्रेसका कान्छाराम द्धारेले ५५७, नेकपा माओवादी केन्द्रका रमेश तामाङले ३१८, एमालेका श्याम प्रजापतिले ५५७ र सुरेश बुढाथोकीले ४७० मत प्राप्त गरेका छन् ।
















विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
मतदाताको गोपनीयता भङ्ग नगर्न प्रशासनको आग्रह
मुस्ताङका उम्मेदवार गुनासो गर्दछन् , ‘मतदाता को कहाँ बस्छन् भनेर पोखरा, काठमाडौ खोज्दै हिँड्नु परेको छ ’
साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै
पाकिस्तानले विश्वकपमा भारतसँग नखेल्ने घाेषणापछि आईसीसीको चेतावनी
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया