३३ प्रतिशत मतसहित बालेन शाहको अग्रता, विवेकशीलको बिजोग
मेरोन्यूज
२०७९ वैशाख ३१ गते २३:०५

काठमाडौं । काठमाडौं महानगरको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता निरन्तर कायम राखेका छन्।
निर्वाचन आयोगले केहीबेरअघि सार्वजनिक गरेको मतपरिणाम अनुसार वडा नम्बर १, २, ३, ४ र ३२ वडाको २२९० मत गन्दा बालेन शाहले ७६८ मत पाएका छन्। उनको पक्षमा ३३.५३ प्रतिशत मत आएको छ।
दोस्रो स्थानमा रहेका एमाले उम्मेदवार केशव स्थापितले ५५० मत ल्याएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ४२१ मत पाएकी छन्।
राप्रपाका मदनदास श्रेष्ठले १०५ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार सुमन सायमीले १०४ मत पाएका छन्।
विवेकशील साझाकी समीक्षा बाँस्कोटाले १६ मत ल्याएकी छन्।
मतगणना जारी छ।
सम्बन्धित
















पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
प्रतिक्रिया