२२ पालिकाको नतिजाः कुन पालिकामा कसले जिते ?

काठमाडौं । हिमाली र पहाडी क्षेत्रका स्थानीय तहका निर्वाचनको नतिजाहरू प्राप्त हुन थालेका छन्।
अहिलेसम्म २२ स्थानीय तहको मतपरिणाम सार्वजनिक भएको छ। जसमध्ये ९ वटा स्थानीय तहमा नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेसले ८ वटा स्थानीय तहमा जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले ३ वटा र एकीकृत समाजवादीले २ वटा पालिकामा जित हात पारेका छन्।
अहिलेसम्म मनाङका सबै पालिकाहरुको परिणाम आएको छ। मुस्ताङको थासाङ गाउँपालिकाको मात्र मतगणना जारी छ।
नेकपा एमाले विजयी भएका पालिकाहरु:
• मनाङको मनाङ ङिस्याङ गाउँपालिका: अध्यक्ष कान्छा घले विजयी
• मनाङको चामे गाउँपालिका: अध्यक्ष लोकेन्द्रबहादुर घले विजयी
• मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका: अध्यक्ष लोप्साङ छोम्पेल विष्ट विजयी
• मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका: अध्यक्ष रिङजिन नामगेल गुरूङ विजयी
• मुस्ताङको लोमान्थाङ गाउँपालिका: अध्यक्ष टसी न्वर्वु गुरूङ विजयी
• डोल्पाको से फोक्सुण्डो गाउँपालिका: अध्यक्ष धावा सम्डुङ गुरुङ विजयी
• सोलोखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका : अध्यक्ष मिङ्मा छिरि शेर्पा विजयी
• बझाङको साइपाल गाउँपालिका : अध्यक्ष मानबहादुर बोहोरा विजयी
• नवलपुरको बौदीकाली गाउँपालिका : अध्यक्ष प्रकाश ओझा विजयी
नेपाली कांग्रेस विजयी भएका पालिकाहरु:
• मनाङको नार्पा भूमी गाँउपालिका: कोन्जो तेन्जीङ लामा विजयी
• मनाङको नासोँ गाउँपालिका: धनबहादुर गुरुङ विजयी
• मुस्ताङको घरपोझङ गाउँपालिका: मोहनसिंह लालचन विजयी
• गुल्मीको रेसुङ्गा नगरपालिकामा: खिलध्वज पन्थी विजयी
• गन्यापधुरा गाउँपालिका- अध्यक्ष ईन्द्रबहादुर कार्की विजयी
• गुल्मीको गुल्मीदरबार गाउँपालिका: अध्यक्ष सरोजकुमार थापा विजयी
• डोटीको बडीकेदार गाउँपालिका: अध्यक्ष भैरवबहादुर साउद विजयी
• हुम्लाको खार्पुनाथ गाउँपालिका : अध्यक्ष कर्णबहादुर रावल विजयी
नेकपा माओवादी केन्द्र:
• डोल्पाको जगदुल्ला गाउँपालिका: अध्यक्ष नारसिङ रोकाय विजयी
• दैलेखको नौमुले गाउँपालिका: अध्यक्ष छविराम सुवेदी
• बाग्लुङ ताराखोला गाउँपालिका : अध्यक्ष धनबहादुर विक
नेकपा एकीकृत समाजवादी विजयी भएका पालिका:
• डोल्पाको छार्का साङतोङ गाउँपालिका: अध्यक्ष सेनाङ गुरुङ विजयी
• डोल्पाको काइके गाउँपालिका: अध्यक्ष अंगदकुमार राना विजयी
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
फोटोन ईभी टोटल केयर क्याम्प : प्रमुख स्थानमा गुणस्तरीय सर्भिस उपलब्ध
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया