सर्लाहीको हरिपुर्वामा जसपाबाट वडाध्यक्ष निर्वाचित
मेरोन्यूज
२०७९ जेठ १ गते १२:२७

सर्लाहीको हरिपुर्वा नगरपालिकाको एक वडामा जनता समाजवादी पार्टी(जसपा)का उम्मेदवार विजयी भएका छन् । हरिपुर्वा नगरपालिका–३ मा सम्पन्न मत गणनाअनुसार जनता समाजवादी पार्टी नेपालबाट वडाध्यक्षको उम्मेदवारी दिएका प्रमोद राय ८ सय ६ मतसहित विजयी भएका हुन् । रायका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका धनराज सिहंले ७ सय ३ मतमात्र प्राप्त गरे । रायको प्यानलनै विजयी भएको छ ।
यस्तै यस नगरपालिकामा मेयर र उपमेयर पदमा भने नेपाली कांग्रेसका उमेद्वारले अग्रता कायम गरेका छन । कांग्रेसबाट मेयर पदका उम्मेदवारले ८ सय ५० र उपमेयर पदका उम्मेदवारले ६ सय ६९ मतसहित अग्रता बनाएका हुन् । भने, जसपा र लोसपाका उमेद्वारले कांग्रेसलाई पच्छ्याईरहेका छन् ।
सम्बन्धित
















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया