शिवनाथको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी
मेरोन्यूज
२०७९ जेठ १ गते २३:१२
बैतडी । जिल्लाको शिवनाथ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रसका कर्णसिंह साउद र उपाध्यक्षमा नेकपा एमालेका सकुन्तला साउद विजयी भएका छन् ।
अध्यक्षमा कर्णले तीन हजार १६५ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका हजारी साउदले दुई हजार ८४९ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका सकुन्तला साउदले दुई हजार ८१७ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नरेन्द्र सिंह साउदले दुई हजार ६७९ मत ल्याएका छन् ।
६ वडा रहेको शिवनाथको ३ वडामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । यस्तै, २ वडामा कांग्रेस र एकमा एमाले विजय भएको छ ।
सम्बन्धित
















एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया