मेरिङदेन गाउँपालिकामा कांग्रेस विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते ७:०३
ताप्लेजुङ । जिल्लाको मेरिङदेन गाउँपालिका अध्यक्षमा कांग्रेसबाट युकहाङवीर हाङ्गाम विजयी भएका छन् । आज बिहान सम्पन्न मत गणनाअनुसार हाङ्गाम दुई हजार ८६९ मत ल्याउँदै विजयी भएका हुन् ।
उनका निकटम् प्रतिस्पर्धी एमालेका केदारजंग जोङवाङ दुई हजार ७७० मत ल्याएका पराजित भए । अध्यक्षका प्रतिस्पर्धी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका आशकुमार लिम्बूले ६२ र जनता समाजवादीका दावा शेर्पाले ११ मत प्राप्त गरे ।
उपाध्यक्षमा दुई हजार ५९८ मत ल्याएर एकीकृत समाजवादीका दुर्गा प्रसाद चोङबाङ विजयी भएका छन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दावा छिरिङ शेर्पा एक हजार ६५७ मतसहित पराजित भए ।
मेरिङदेनमा ६ वटा वडामध्ये १, २, ५ र ६ मा एमालेले जित हासिल गरेको छ भने ४ मा कांग्रेस र ३ मा गठबन्धले जित हासिल गरेको छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया