माओवादी केन्द्रको दवदवा रहेको बर्दिबासमा स्वतन्त्र उम्मेदवारको अग्रता

महोत्तरी । माओवादी केन्द्रको दवदवा रहेको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले अग्रता लिएका छन् । नेपाली कांग्रेसबाट अन्तिम समयमा टिकट खोसिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका क्षेत्री सबै दलहरुलाई पछि पार्दै अगाडि बढेका छन् ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसबाटै उम्मेदवारी दिएका क्षेत्रीले झण्डै १ हजार मतले माओवादी केन्द्रसँग पराजय बेहोरेका थिए ।
प्यानलसहित दर्ता गरेका क्षेत्री समुहले २ वटा वडामा जितसमेत हासिल गरिसकेको छ । वडा न।७, १४ र वडा न।१ मा क्षेत्री समूहको जेब्रा चिन्हवाट जित हासिल गरेको हो ।
वडा न।७ मा रामसोगारथ यादव, वडा न।८ मा भोला यादव र वडा न।१४ विजय महतो विजयी वनेका छन । उनीहरू दलका उम्मेदवार तथा आफ्नै आधिकारिक उम्मेदवारहरूसँग १ र१ मतले विजयी बन्दै गएका छन् ।
वडा न।१४ मा कांग्रेसका आधिकारिक उम्मेदवार भरत हमाललाइ जम्मा १ मतले उछिन्दै विजय महतो विजयी भए । निर्वाचन अधिकृत भुपेन्द्र सापकोटाका अनुसार विजयले ५०८ मत प्राप्त गरेका छन भने कांग्रेसका उम्मेदवार हमालले ५०७ मत प्राप्त गरेका छन ।

















‘हात्तीवन-चम्पादेवी’ पदमार्गमा पर्यटकको आकर्षण बढ्दै
पाकिस्तानको कराचीमा वर्षा : कम्तीमा १७ जनाको मृत्यु, ३० घाइते
प्रधानमन्त्री कार्की रारामा
पर्यटन प्रवर्द्धनका लागि ‘हात्तीदह वनस्टे’ सञ्चालनमा
समानुपातिकतर्फका सांसदहरूले पाए प्रमाण पत्र
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
रास्वपाकाे सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध, आफन्त पनि प्रतिबन्ध
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
रवि लामिछाने अस्पतालबाट डिस्चार्ज
प्रतिक्रिया