एमालेले गुमायो कीर्तिपुरको नेतृत्व, मेयरमा कांग्रेसका नकर्मी विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २०:०६

काठमाडौँ । जिल्लाको कीर्तिपुर नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका राजकुमार नकर्मीले एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मतान्तरले पराजित गरेका हुन् ।
नकर्मीले नौ हजार ४३ मत ल्याउँदा बज्राचार्यले पाँच हजार ५०७ मत मात्रै ल्याएका थिए । नकर्मी कांग्रेसबाट काठमाडौँ उपत्यकामा मेयर जित्ने दोस्रो उम्मेदवार हुन् ।
काठमाडौँको दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत मेयरमा विजय भइसकेका छन् ।
यस्तै, उपमेयरमा समेत कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन् । उनकी निकटम् प्रतिस्पर्धी एमालेकी बिन्दु मर्हजनलाई पराजित गरेकी हुन् ।
गत स्थानीय निर्वाचनमा कीर्तिपुरमा मेयर र उपमेयर एमालेले जितेको थियो ।
सम्बन्धित
















Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया