रोल्पाको सुनिलस्मृतिको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी
मेरोन्यूज
२०७९ जेठ २ गते २०:४३

रोल्पा । रोल्पाको सुनिल स्मृति गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका मनिराम वुढाथोकीले छ हजार ६२ मत ल्याई निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गञ्जबहादुर क्षेत्रीले तीन हजार ८९३ मत प्राप्त गरेका छन् ।
गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी मीना थापा निर्वाचित भएकी छिन । थापाले ६ हजार ३७ मत ल्याएकी छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी तेजकुमारी विष्टले तीन हजार ४०० मत पाएकी छन् ।
सुनिल स्मृति गाउँपालिकाको वडा नं. १, ३, ४, ५, ६, ७ र ८ मा नेकपा माओवादी केन्द्र र वडा नं. २ मा नेपाली कांग्रेसका वागी (स्वतन्त्र) उमेदवार निर्वाचित भएका छन् ।
सम्बन्धित














इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
प्रचण्ड र रविबीच कुराकानी
रुकुम पश्चिममा काठले च्यापिएर एक जनाको मृत्यु
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया