भोलिदेखि सवारी साधनको भाडा बढ्यो
मेरोन्यूज
२०७९ जेठ ३ गते १८:०९

काठमाडौँ । सरकारले सार्वजनिक सवारीको भाडा वृद्धि गर्ने भएको छ । बुधबारदेखि लागू हुने गरी न्यूनतम भाडाको ३.५ प्रतिशतदेखि अधिकतम ५.१ प्रतिशतसम्म भाडा वृद्धि गर्ने भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार साविकको भाडादरमा अन्तर प्रदेशमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा यात्रुबाहकतर्फ ३.५ प्रतिशतले, पहाडी बाटोमा गुड्ने माल बाहकमा ४.६ प्रतिशत र तराईको बाटोमा गुड्ने मालबाहक सवारीमा ५.१ प्रतिशतले वृद्धि गरिएको हो ।
विभागले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले सवारी साधनको भाडा समायोजन गरेको जनाएको छ । नेपाल आयत निगमले चुनावको भोलिपल्टै डिजेल, पेट्रोल र मट्टितेलमा समान प्रतिलिटर १० रुपैयाँले वृद्धि गरेको थियो ।
सम्बन्धित
















फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
बुटवल–नारायणगढ सडक अवरुद्ध
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
फेवाताल जग्गा प्रकरणमा आफू ठगिएको गृहमन्त्री गुरुङको दावी
प्रतिक्रिया